भारतको आन्ध्र प्रदेशमा राजनीतिक कार्यक्रममा भागदौड मच्चीदा ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा राजनीतिक कार्यक्रममा भागदौड मच्चीदा ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् ।

पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड भएको थियो । अहिलेको राज्य विधानसभामा विपक्षी नेता नायडुले हिजो बेलुका एउटा सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रमका लागि जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेता नायडुले ज्यान गुमाएकाका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *