एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भङ्ग भएको बताए ।

उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आउँदो दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जानेरनजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भूगोलका नेताहरुसँग छलफल गरेका थिए ।

स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा बसिरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *