सर्वसाधारणले दुख नपाउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्री लामीछानेको निर्देशन

सर्वसाधारणले दुख नपाउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्री लामीछानेको निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न गृहमन्त्रीको सुझाव छ । राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाण्डौ आउन नपर्ने वातावरण सिर्जना गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

१५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन पनि गृहमन्त्रीले निर्देशन दिएका गृहमन्त्रालयका सहसचिव भीष्मकुमार भूसालले जानकारी दिए । गृहमन्त्रीले चिसोबाट नागरिकलाई जोगाउनको लागि योजनाबद्ध ढङ्गले काम गर्न पनि निर्देशन दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

शीतलहरबाट नागरिकलाई जोगाउन पूर्व तयारी एवम् प्रतिकार्यको काममा ध्यान दिन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन्। कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्तालाई कुनै खालको संरक्षण हुन नदिन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्रीले मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन तथा जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरुमाथि छानबिन गर्न निर्देशन दिनुभएको सहसचिव भूसालले जानकारी दिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *