सन्दिप लामिछाने डिप्रेसनमा

सन्दिप लामिछाने डिप्रेसनमा

क्रिकेटर सन्दिप लामिछानेमा मानसिक समस्या देखिएको छ । नाबालिगको बलात्कार आरोपमा पक्राउ परेका सन्दिपलाई डिप्रेसन भएको हो ।

नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेको अवस्थामा लामिछानेको मानसिक अवस्था बिग्रदै गएको छ । जसकारण सोमबार केन्द्रीय कारागारमै गएर बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले उनलाई मनोपरामर्श दिएकी छिन् ।

विगत केहि दिनदेखि लामिछानेको बोली व्यवहारमा केहि भिन्नता आएको थियो। सोहि कारण बरिष्ठ मनोपरामर्शविदलाई परामर्श दिन लगाइएको थियो । लामिछानेमा नकारात्मक सोचाइ बढेको सन्दिपका वकिल सराेज कृण्ण घिमिरेले बताए । उनको अवस्था सोचेभन्दा पनि खराब रहेको र अब नियमित काउन्सिलिङ चाहिएको बताइएकाे छ ।

तर कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको र प्रभावकारी काउन्सिलिङ दिन गाह्रो भएकाे पनि उनले जानकारी दिए।

१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षकोलागि थुनामा पठाउन आदेश दिएकाले हाल उनी सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *