२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

भालुले आक्रमण गर्दा अर्घाखाँचीको सितापुरमा ८० वर्षिय वृद्धको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, सितापुरमा भालुको आक्रमणमा परी ८० वर्षिय रामबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा रानी सामुदायिक वनमा क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो । इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियवासीले उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र, ठाडा पुर्‍याएपनि उनको मृत्यु भईसकेको थियो ।

‘घटना घट्ना साथ हाम्रो टोली पुगेर उद्दार गरेको थियो,‘जिप्रकाका प्रवक्ता कृष्ण घिमिरेले भने,‘ अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भयो ।’ आफ्नो टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको उनले बताए ।

शितगंगामा ठुलो वन क्षेत्र रहेकाले वन्यजन्तुको त्रास छ । विगतका दिनहरुमा पनि वन्यजन्तुको आक्रमण हुने गरेकाले सजकता अपनाउन प्रहरीले अनुरोध गरेको छ । सामुदायिक वन तथा आसपासका क्षेत्रहरुमा एक्लै नहिंड्न तथा हिंड्नु परेमा सावधानी अपनाइ हिंडडुल गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?