अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन्। छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो पटक देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राखेका थिए।

साथै उनले अहिले अर्थतन्त्रमा देखिएका मुख्य चुनौती, यसले पारेको प्रभाव तथा त्यसको न्युनीकरण गर्ने उपायको खोजी गर्न कसरी सकिन्छ भनेर आवश्यक पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *