सहकारी संस्था फोडेर नगद चोरी

सहकारी संस्था फोडेर नगद चोरी

नवलपरासी(पूर्व) को एक सहकारी संस्था फोडेर नगद चोरी भएको छ । गैडाकोट नगरपालिका-१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो ।

उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *