अर्घाखाँचीको शितगंगामा बसले किच्दा एक महिलाको मृत्यु

अर्घाखाँचीको शितगंगामा बसले किच्दा एक महिलाको मृत्यु
लक्ष्मण घिमिरे। 
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बसले किच्दा ७६ वर्षिय वृद्धाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका-१४ हडाहामा बसले किचेर ईन्द्रकला भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। कपिलवस्तुबाट अर्घाखाँची आएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीय भट्टराई अनियन्त्रित भई लडेकी थिइन् । सोही क्रममा बसको पछाडीको चक्काले उनलाई किचेको थियो ।
कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ। दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *