अर्घाखाँचीमा गाँजा सहित न्यौपाने पक्राउ

अर्घाखाँचीमा गाँजा सहित न्यौपाने पक्राउ

लक्ष्मण घिमिरे।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा लागु औषध गाँजा सहित एक जना बाबालाई प्रहरीले पक्राउ गरेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर-१४, सिमलपानीका ६४ वर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार उनले अवैध रुपमा गाँजा विक्रिवितरण गरिरहेको पाईएको छ।  प्रतिबन्धित गाँजा कारोवार भई रहेको विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलिले न्यौपानेको घरमा खानतलासि गर्दा ५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

‘गाँजाको कारोबार भईराखेको सुचना प्राप्त भएको थियो,’जिप्रकाका प्रवक्ता कृष्ण घिमिरेले भने,’घरमा गएर खानतलास गर्दा गाँजा जस्तो देखिने पदार्थ भेटायौं अनि न्यौपानेलेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

हात हेर्ने काम समेत गर्ने ‘बाबा’ न्यौपानेलाई लागू औषध मुद्धामा अदालतबाट चार दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *