ट्याक्टरको ठक्करबाट सन्धिखर्कमा एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, तुमकोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिए । सन्धिखर्क बजारदेखी तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई गएराति ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
टिप्पणी