२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

हुने भयाे माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ । स्थानिय उत्पादनलाई प्रवर्धन गर्ने तथा जिल्लाका पर्यटकिय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागिएको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले संयुक्त रुपमा ‘पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए । सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेदेखि २४ गतेसम्म ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो ।

अर्घाखाँची जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन भित्राउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सवले भुमिका खेल्ने अपेक्षा गरिएको उपाध्यक्ष काजी श्रेष्ठको भनाई छ । २०६६ सालदेखि एक वर्ष बिराएर सञ्चालन हुँदै आएको महोत्सव कोभिड–१९ का कारण विगत दुई वर्ष यता सञ्चालन हुन सकेको थिएन ।

महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र संयोजक र चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको सह संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति र विभिन्न उपसमिति निर्माण गरेको छ ।

सर्वसाधारणका लागी प्रवेश शुल्क ७० तोकिएको छ भने विद्यार्थीहरुका लागि ४० रुपैंया टिकट दर तोकिएको छ । त्यस्तै ८० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ। यस्तै पत्रकारलाई प्रेस पासको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?