पहिलो एक दिवसीयमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

पहिलो एक दिवसीयमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

पाकिस्तानले पहिलो एक दिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितको लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका मोहम्मद रिजवान सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान बाबर आजम ६६ रनमा आउट भए । ओपनर फखार जमानले ५६ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सले एक/एक विकेट लिए । त्यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले सर्वाधिक ४३ रन तथा टम लाथमले ४२ रन बनाए । पाकिस्तानका नसिम शाहले ५ विकेट लिए । उस्मान मीरले दुई, मोहम्मद नवाज र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । यी दुई देशबीचको दोस्रो एक दिवसीय बुधवार र तेस्रो खेल शुक्रवार हुनेछ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *