सरकारी कार्यालयका काम प्रभावकारी बनाउन सिडिओ कार्यालयमा बैठक सम्पन्न

जिल्ला स्तरीय अनुगमन मुल्यांकन समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्रका सरकारी सेवा प्रदायक निकायहरुले प्रवाह गर्ने सेवालाई थप प्रभाकारी बनाउने र सेवाग्राहीको गुनासो रहेका कार्यालयको सेवा प्रवाहको अवस्थाको आकस्मिक रूपमा अनुगमन गरि सुधारको लागी सम्बन्धित कार्यालयहरु लाई सुझाव तथा निर्देशन दिने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय अधिकारी हरि प्रसाद शर्मा, प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, शसस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, सरोज भुसाल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन ( सिबिए) का अध्यक्ष कृष्ण बर्मा, उपभोक्त हकहित संरक्षणका अध्यक्ष सहयोगी बिसि, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।