मधेसको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादव मधेस प्रदेशका निवर्तमान सभामुख हुन् ।
प्रदेशप्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मधेस प्रदेश सभाका एक सय सात सदस्यमध्ये यादवलाई ६३ सांसदको समर्थन छ । बहुमत हस्ताक्षरसहित यादवले आज मध्याह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
उनलाई जसपा, एमाले, जनमत, माओवादी, राप्रपा र संघीय समाजवादी तथा एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् । मधेस प्रदेश सभामा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादीका नौ, राप्रपा र संघीय समाजवादीका एक–एक सांसद छन् ।
टिप्पणी