२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए ।

गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज रहेका गिरी मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्र २ सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ । यो दुई तिहाई नजिकको बहुमत हो ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र जसपाका४/४, जसपा, जनमत र लोसपाका ३/३ सदस्य छन् ।त्यस्तै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?