अर्घाखाँचीको शितगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँचीको शितगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा डबल क्यापको ठक्करबाट एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर-४, कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्यापले सोही वडाका ७० वर्षिय ज्ञान बहादुर नेपालीलाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टाउको र घुँडामा गहिरो चोट लागेर घाईते भएका नेपालीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिए ।

ठक्कर दिने गाडी तथा चलकलाइ नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *