९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

शितगंगा नगरपालिका टुक्राउनै पर्छ: रामजी प्रसाद घिमिरे

लक्ष्मण घिमिरे।
अर्घाखाँची । प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शितगंगालाई टुक्राउनु पर्ने बताएका छन्। टुक्राएर तिन वटा पालिकामा परिणत नगरी शितगंगाको विकास असम्भव रहेको उनले बताए ।

शितगंगामा आयोजित एक सहकारीको कार्यक्रममा मन्तव्य राख्दै एमाले नेता समेत रहेका सांसद घिमिरेले शितगंगालाई टुक्राउँदा विकासले गती लिने बताए। ‘सानो स्रोत भएको देशमा विकास सोंचे अनुरुप नहुँदो रैछ,उनले भने,’शितगंगालाई ३ पालिकामा विभाजन नगरी विकास गर्छु भन्ने कुरा दिवा सपना मात्र हुनेछ ।’

उतिबेला पनि आफुले ३ पालिका बनाउन सल्लाह दिएको स्मरण गर्दै उनले आफु पावरमा नरहेकाले कसैले कुरा नसुनेको गुनासो गरे।

दक्षिणखाँचीको विकास अब नगरपालिका नटुक्राई अगाडी बढ्न नसक्ने उनको धारणा छ।

तपाईको प्रतिक्रिया
  • खुसी (19%)
  • दुःखी (13%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (38%)
  • आक्रोशित (25%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?