९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

आज माघे संक्रान्ति, अर्घाखाँची लगायत देशभर विभिन्न कार्यक्रम

आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

मकर सङ्क्रान्तिका अवसरमा वराहक्षेत्र (कोकाहा–कोसी संगम), देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत विभिन्न धार्मिक स्थल तथा जलाशयमा भक्तजनहरूको मकर स्नानका लागि भिड लाग्ने गरेको छ र ती क्षेत्रमा भव्य मेलासमेत लाग्ने गरेको छ।

अर्घाखाँचीमा वृहत कार्यक्रम 

जिल्लाको शान जिल्लाकै पहिचान, जिल्लाकै व्यापार जिल्लाकै उथ्थान भन्ने मुलनारा सहित जिल्लाको सन्धिखर्क नगरपालिका २ त्रीवेणीधाममा माघे सक्रान्तिको अवसर पारेर मेला लाग्ने भएको हो ।

कला संस्कृतिको संरक्षण संगै स्थानिय व्यापार प्रबर्द्धनका लागि यहि माग १ गते देखि ३ गते सम्म मेला आयोजना गर्न लागिएको हो । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।

गुल्मीको मालिका गाउँपालिकामा मेला 

गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लागेको छ ।

मालिका गाउँपालिका–५ छापहिलेमा अवस्थित लेखपोखरामा माघेसंक्रान्ति मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिए।

माघेसंत्रान्ति मेला पुस २९ गते देखि माघ १ गतेसम्म सञ्चालन भईरहेको छ । मेलामा कृषि प्रर्दशनी मेलासँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत महतराले जानकारी दिए ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?