९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

माओवादी केन्द्र अर्घाखाँचीले गर्यो सांसद श्रीपालीलाई सम्मान

लक्ष्मण घिमिरे।
अर्घाखाँची। नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति र अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रतिनिधि सभा सदस्य शुशिला श्रीपाली ठकुरीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अर्घाखाँचीबाट श्रीपालीलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ मनोनित गरेको थियो। माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेकी श्रीपालीलाई सन्धिखर्क स्थित सहिद स्मृती प्रतिष्ठान कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बधाई ज्ञापन तथा सम्मान गरिएको नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ।

समानुपातिकबाट सांसद बनेकामा श्रीपालीलाई बधाई दिंदै सम्मान-पत्रले सम्मान गरिएको थियो। उनलाई अबिर र मालाले अभिनन्दन गर्दै नेताहरुले जनभावना अनुसार काम गर्न तथा जिल्लाको विकासमा विषेश ध्यान दिन आग्रह गरेका थिए।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति र अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे संयुक्त आयाेजनामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, ठाकुर कुमार बिक, छमकुमारी खनाल ‘चिनारी’, भुमिकास्थान नगर उपप्रमुख बालकृष्ण बञ्जाडे लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?