९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सन्धिखर्क: स्लो बाईक रेस प्रतियोगितामा खनाल विजयी

लक्ष्मण घिमिरे।
अर्घाखाँची‌। सन्धिखर्कमा ‘स्लो बाईक रेस’ प्रतियोगिता सम्पन्न भएको छ। अर्घा-भगवती विमानस्थलमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने कृतिम रायमाझी र रोशन सुनामको सम्झनामा ‘द ब्लु स्काइ युथ क्लब’ सन्धिखर्कको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगीतामा विनोद खनाल प्रथम भएका छन् । ३१ जनाको सहभागिता रहेको प्रतियोगितामा सबैभन्दा ढिलो बाईक चलाएर खनाल प्रथम भएका हुन्। विजेता खनालले ८ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

कृतिम रायमाझी र रोशन सुनामले अर्घा-भगवती विमानस्थलमा भएको मोटरसाइकल दुर्घटनामा गत कार्तिक ११ गते ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?