९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

भुकम्प र आगलागीबाट बच्न सन्धिखर्कमा कृत्रिम अभ्यास

भुकम्प दिवसको अवसरमा जिल्ला विपत् व्यवस्थापन समितीको आयोजनामा भुकम्प तथा आगलागी सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ । मंगलवार सन्धिखर्कको टुँडिखेल मैदानमा भुकम्प प्रकोप र आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।

मानव निर्मित अव्यवस्थित भौतिक पुर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षती हुने गरेको प्रजिअ घिमिरेले बताए । प्राकृतिक प्रकोपले आफै कसैको क्षती नगर्ने बताउँदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षती हुँदै आएको बताए । ‘भुकम्प आउँदा सबैले सावधानी अपनाउनुपर्छ, भुकम्प आइहाले टेबल तथा खाटमुनी बस्ने काम गर्नुहुँदैन्, भौतिक संरचना भुकम्प प्रतिरोधात्मक बनाउनुपर्छ’ उनले भने ।

कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको अवलोकन गर्न आएकी संगिता भुसालले बताइन् । ‘भुकम्प गइहाले कसरी बँच्ने?,उनले भनिन्,‘आगोलागी भएमा नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ, दमकललाई बोलाउनुपर्ने रहेछ ।’ भुकम्पीय जोखिम न्युनिकरण, प्रतिकार्य, पुर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि दिवसको अवसरमा सन्धिखर्कमा डेमो प्रदर्शन गरिएको सुरक्षा निकाले जनाएको छ ।

पहाडी तथा शहरी क्षेत्रमा भूकम्प तथा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सुसुचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ । विसं. १९९० माघ २ गते महाभुकम्प गएको थियो । सोही भुकम्पको सम्झनामा रहेक वर्ष माघ २ गते भुकम्पका बारेमा सचेतना गराउन यो दिवस मनाउँदै आइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?