९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराए ।

सत्तारूढ दलको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरे।

प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते बिहीवार (भोलि) हुँदैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?