९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना गरिएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो ।

लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत मागेका छन् । उनले जरिबाना तिर्ने बताएको खबरमा उल्लेख छ । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ ।

सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उनलाई जरिबाना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?