८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँची महोत्सवमा ‘डान्स आईडल’ हुँदै (फारम दर्ता खुल्यो)

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची महोत्सवमा ‘डान्स आईडल’ सञ्चालन हुने भएको छ । जिल्ला भित्र रहेका प्रतिभाहरु खोजि गर्ने उद्देश्यले प्रतियोगात्मक आईडल राखिएको निर्णयक मण्डलका झविन नेपालीले जानकारी दिए ।

प्रतियोगिता विजेताले नगद २५ हजार प्राप्त गर्ने छ भने द्वितिय हुनेले नगद १५ हजार र तृतिय हुनेले नगद १० हजार प्राप्त गर्ने छ । आर्ईडलका लागी फारम खुल्ला गरिएको आयोजकले जनाएको छ । फारम भर्दा पाँच सय रुपैया शुल्क तिर्नुपर्नेछ । सन्धिखर्कमा रहेको सन्धिखर्क डान्स एकेडेमी र क्रिएटिभ डान्स एकेडेमीमा सम्पर्क गरेर फारम भर्न सकिने निर्णयक मण्डलका सन्तोष शर्माले बताए ।

माघ ११ गतेदेखी हुने महोत्सवमा पाचौं ‘डान्स आईडल’ सञ्चालनको तयारी पुरा भएको छ । निश्चित नियमहरुको पालना पछी प्रतियोगितामा सहभागि हुन पाईने छ ।

(फारमका लागी पोस्टरमा सम्पर्क नम्बरहरु उल्लेख छन्)

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?