कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने

कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने

कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । ६ माघ, शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *