सन्दिप विरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेको मुद्दाको आज सुुनुवाई नहुने भएको छ। नाबालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछानेको मुद्दाको पेसी आज तोकिएको थियो।
जाहेरवाला पिडित नाबालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले पेसी स्थगित गर्न निवदेन दिए पछि आज सुनुवाई नहुने भएको हो।
कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।सो फैसलाविरुद्ध सन्दिपका वकिलले पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
पुस २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदातलको पुर्पक्षका लागि थुनामा पठाउने फैसला उल्ट्याइ दिएको थियो। उच्च अदालतले विभिन्न सर्तसहित सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उनी पुस २९ गते सुन्धारास्थित केन्द्रिय कारागारबाट धरौटीमा रिहा भएका थिए।