अर्घाखाँचीका उत्तम थापा यू-१९ विश्वकप क्रिकेटका लागी छनौट

अर्घाखाँचीका उत्तम थापा यू-१९ विश्वकप क्रिकेटका लागी छनौट

यूएईमा हुने आईसीसी यू–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले अर्घाखाँचीका उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन्।

टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापा मगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल थापा, राजेश यादव र निर्मल थापा छन्।

एसिया डिभिजन एक छनोटमा नेपालले हङकङ, यूएई, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–६, खिल्जीका युवा खेलाडी उत्तम थापा मगर नेपाली राष्ट्रिय यु-१९ टिममा पर्न सफल भएका छन् । यु-१९ पुरूष क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर यूएई २०२३ का लागि छनोट हुन सफल भएका हुन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *