पाँचौं अर्घाखाँची महोत्सवको तयारी अन्तिम चरणमा, उद्घाटनमा प्रचण्ड भने नआउने

पाँचौं अर्घाखाँची महोत्सवको तयारी अन्तिम चरणमा, उद्घाटनमा प्रचण्ड भने नआउने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको पाँचौं अर्घाखाँची महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए ।

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । कोरोना पछी पहिलो पटक अर्घाखाँचीमा मेला लाग्दैछ ।

यसैबिच मेला उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने कार्यक्रम तय भएपनि अन्तिम समयमा स्थगित भएको छ । महोत्सवको उद्घाटनको लागि नेकपा माओवदी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड सन्धिखर्क आउने कार्यक्रम स्थगित भएको आयोजकले जानकारी दिएकाे छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *