अर्घाखाँची: छ महिनामा ४ हजार भन्दा धेरैले बनाए पासपोर्ट

अर्घाखाँची: छ महिनामा ४ हजार भन्दा धेरैले बनाए पासपोर्ट

अर्घाखाँची । अर्घाखाँचीमा गएको छ महिनामा ४ हजार भन्दा धेरैले पासपोर्ट बनाएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा ४ हजार चारसय ८३ राहदानी सिफारिस गरिएको उल्लेख छ ।

यो तथ्यांक अनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ । प्रशासनले समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरि श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिए ।

पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरिएको उनले बताए । ‘समान्य सिफारिस तर्फ ५ सय ३५ र द्रुत सेवा सिफारिस तर्फ ४० थान राहदानी सिफारिश भएका छन्,उनले भने,‘चालु आर्थिक वर्षको यो छ महिनामा ४ हजार भन्दा धेरै राहदानी सिफरिश भएका छन् ।’ त्यसमध्ये दुई हजार ८ सय राहदानी वितरण गरिसकिएको छ ।

यस्तै यो आर्थिक बर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैंया राजस्व समेत संकलन भएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *