९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

वर्तमान सरकारले अर्थतन्त्रलाई ट्र्याकमा ल्यायोः टोप बहादुर रायमाझी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पुर्व उप–प्रधानमन्त्री तथा सांसद टोप बहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा गएको बताएका छन् । विगतमा अर्थतन्त्रमाथी संकटका लक्षणहरु देखिएपनी अहिले पुर्ववत् ठाउँमा आउने वातावरण बनेको उनले बताए ।

बुधवारदेखी अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अँगाडी लैजाने कुरामा वर्तमान सरकार गम्भिर ढंगले अँगाडी बढेको बताए । अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिन थालेकोले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उनको भनाई छ ।

विगतको सरकारले अर्थतन्त्र सुधारका विषयमा हेलचक्राँई गरेको भन्दै उनले अहिलेको सरकार आएपछी सबै कुरा ठाउँमा आएको उनले दावी गरे । ‘पहिले पनि हाम्रो सरकार थियो अर्थतन्त्र ठाउँमा थियो,उनले भने,‘बिचमा गठबन्धनको सरकारले हेलचक्राँई ग¥यो,अहिले फेरी सुध्रिएको छ ।’ अब अर्थतन्त्रका विषयमा खुला बहस गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका नेता रायमाझीले जनताले स्पष्ट बहुमत कसैलाई नदिएकाले मिलिजुली सरकार बनेको बताए । स्पष्ट बहुमत आउँदा आफुहरु सरकार चलाउन असफल भएको भन्दै त्यसको गम्भिर समिक्षा हुनुपर्ने बताए । दुईतिहाइ नजिकको सरकार आफुहरुले सम्हाल्न नसक्दा यो स्थिती सृजना भएको उनको भनाई ।

पाँच दलिय गठबन्धनको सरकार भन्दा अहिलेको सरकार धेरै सक्षम रहेको भन्दै उनले राष्ट्र र यहाँको अर्थतन्त्र सुधारमा सरकार सफल रहने दावी गरे ।

आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले बुधवारदेखि माघ २४ सम्म ‘ पाँचौं अर्घाखाँची महोत्सव’ एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीको सांकृतिक झाँकी, विभिन्न भेषभुषा, नाच तथा बाजागाजा सहित मेलाको शुभारम्भ गरिएको हो ।

अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए । १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ ।

मेलामा झण्डै चार सय वटा स्टल राखिएका छन् । कोभिडका कारण विगत दुई वर्ष यता जिल्लामा महोत्सव सञ्चालन हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?