९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मेला महोत्सवले जनतालाई ‘रिफ्रेस’ गराउँछ: कृष्ण खनाल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनालले मेला महोत्सवले जनतामा ‘रिफ्रेस’ ल्याउने बताए । गाउँमा दिनरात खेती किसानी गर्ने आम जनता र विभिन्न तनावमा रहेका मानिसहरुका लागी मेला महोत्सवले पुनःताजगी ल्याउने उनले बताए ।

पाँचौ अर्घाखाँची महोत्सवको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य राख्दै सचिव खनालले मेला महोत्सवले मनोरञ्जन साथसाथै जिल्लाको संस्कृति, सीप, कृषि उत्पादनको पहिचान र भूगोल सुहाउदो पर्यटनको आन्तरिक तथा वाह्य प्रवर्धनमा मद्दत पुग्ने बताए । ‘पर्यटकिय क्षेत्रको विकास, कृषी उपजको विक्रि वितरणलाई टेवा पुग्छ,उनले भने,‘ जिल्लाको कला संस्कृती तथा लुकेका प्रतिभाको खोजी गर्न पनि यस्ले भुमिका खेल्छ ।’ बेलाबखत यस्ता कार्यक्रम आयोजना हुनुपर्ने उनको भनाई छ ।

कोरोनाको तनाव झेलेका नागरिक, आर्थिक मन्दीको तनावमा भएका सर्वसाधारण सबैलाई तनावमुक्त हुन यसले रिफ्रेस सेन्टरको भुमिका खेल्ने बताए । सधैं तनाव नै तनाव झेलेका जनतालाई मनोरञ्जन गर्ने माध्यमका रुपमा मेला महोत्सवको आयोजना गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?