९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नयाँ सरकार बनेसँगै जनताको निराशा हराउँदै गयो: रामजी प्रसाद घिमिरे

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले मेला महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् । उनले औद्योगिक तथा व्यापारिक मेला महोत्सवले जिल्लाको विकास सँगसँगै मुलुककै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरे ।

पाचौं अर्घाखाँची महोत्सवको उद्घाटन समारोहमा बोल्दै सांसद घिमिरेले मेला महोत्सवमा स्थानीय उत्पादित सामाग्रीले स्थान पाउनुपर्नेमा जोड दिए । ‘औद्योगिक तथा व्यापारिक मेलारमहोत्सवले सम्रग जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रलाई चलायमान बनाउँछ,उनले भने,‘यस्ता मेलाहरुमा बढीभन्दा बढी स्थानीय रुपमा उत्पादित सामग्रीलाई स्थान दिनुपर्छ।’

घिमिरेले नयाँ सरकार बनेसँगै जनताको निराशा हराउँदै गएको बताए । सरकार बनेपछी सबै क्षेत्रमा उत्साह थपिएको भन्दै अर्थतन्त्रमा समेत सुधारका संकेत देखापरेको उनको भनाई छ । सरकारले जनचाहाना र जनअपेक्षा अनुसारको काम गर्नुपर्ने चुनौती रहेपनि सरकारले सजिलै जनताको मन जित्ने उनले बताए । विगतका सरकार जस्तो यथास्थितीमा घुमिरहने छुट यो सरकारलाई नरहेको भन्दै जनताको विश्वास जितेर काम गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?