९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति दुर्घटना हुँदा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त टिपर बुधबार राति पौने १२ बजे तिर सडकबाट १२ सय मिटर तल खसेको थियो ।

खोजतलास गर्दा चालकको शव बिहीबार बिहान तिनाउ नदीको पानीमा फेला परेको डीएसपी थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?