९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

शिक्षाको गुणस्तर सुधार्न तीनै तहका सरकार लाग्नुपर्छ: सांसद घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिक्षाको गुणस्तर सुधार गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा  जोड दिएका छन्।

जिल्लाको पाणिनि गाउँपालिका- ५ मा रहेकाे भानु माध्यमिक विद्यालय मैदानको शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै घिमिरेले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । उनले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । ‘मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ ।-उनले भने- शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।’

उनले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको स्पष्ट पारे । विद्यार्थीलाई पढ्दै कमाउँदै खालको वातावरण सिर्जना गर्न उनले पालिकालाई सुझाव समेत दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?