९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

पेस्ताेलसहित एक जना पक्राउ

धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ का २८ वर्षीय रोशन महतो रहेका मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेको हो । महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल ‍एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?