९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची महोत्सवमा जेष्ठ नागरिक सम्मानित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची महोत्सवमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सहितको पाँचौं अर्घाखाँची महोत्सवमा शनिवार मेला अवलोकन गर्न आएका वृद्धवृद्धालाई सम्मान गरिएको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा संचालित महोत्सवमा उद्योग बाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ, राम प्रसाद भुसाल, महासचिव तुल्सीराम खनाल, चेम्बर अफ कमर्सका प्रदेश सदस्य सुकदेव वेल्वासे, अध्यक्ष अशोक श्रेष्ठ लगायतले जेष्ठ नागरिकलाई खादा र अबिरले सम्मान गरेका हुन् ।

सम्मान पछी उनीहरु खुशी भएका छन् । जिल्लाका विभिन्न ठाउँबाट आएका वृद्धवृद्धाहरु लाई सम्मान गरिएको उद्योग बाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले जानकारी दिए ।

चर्चित लोकदोहोरी गायक रामजी खाँड, सीता राना, हाँस्य कलाकार बिष्णुजी पाण्डे ‘माईला बा’ लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । २४ गते सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?