१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

गुल्मीको मुसिकोटमा एक महिलाको शव फेला

लक्ष्मण घिमिरे ।
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका वडा नम्बर–७ मा गंगा कुमारी शेरचनको शव उनकै घरमा भेटिएको हो ।

वामीमा होटल व्यवसाय संचालन गर्दै आएकी ५७ वर्षिय शेरचनको शव हात र खुट्टामा पट्टी बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए ।

शेरचनले बिहान अबेरसम्म पसल नखोलेपछी छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको घरलाई अहिले प्रहरीले शिलबन्दी गरेको छ । तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने प्रहरीको भनाई छ ।

घरमा एक्लै बस्दै आएकी शेरचनको घटना संकास्पद भएकाले तालिम प्राप्त कुकुर ल्याएर बिशेष अनुसन्धान गर्न आफन्तले माग राखेका छन् । सोही बमोजिम तालिम प्राप्त कुकुर मगाइएको र कुकुर आएपछी अनुसन्धान अँगाडी बढाईने डिएसपी खरेलले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?