९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

भुमिकास्थानको ढिकुरामा करेन्ट लागेर युवाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थानमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुरामा करेन्ट लागेर सन्धिखर्क–७, डिहिडाँडाका १९ वर्षिय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा शाह ज्यान गएको हो ।

शाह केहि वर्षदेखि विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा काम गदै आएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (80%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (20%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?