रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनस् नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् । त्यसैले अब के गर्ने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने छ । बैठकपछि सभापति लामिछानले संयुक्त पत्रकार सम्मेलन पनि गर्दै छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *