९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

‘पठान’ ले नेपालमा कती कमायो ?

बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।

नेपालमा वितरक मनोज राठीका अनुसार फिल्मले एक सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ। फिल्मले अझै दर्शकको राम्रो साथ पाइरहेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले एक सातामा भारतबाट ३९५ करोड भारू कमाएको छ भने अन्य देशबाट २३९ करोड कमाएको छ।

फिल्मले एकसातामा विश्वभरबाट ६३४ करोड भारू कमाएको हो। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।

शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?