२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

शिक्षाको गुणस्तर सुधार नभएसम्म देशको विकास हुँदैन: प्रदेशसभा सदस्य घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षा नै आजको महत्त्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार पाणिनी गाउँपालिका-४ पटौटीमा रहेको देवी प्रभाव माध्यमिक विद्यालयमा आयोजित ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस-२०७९ लाई सम्बोधन गर्दै सामुदायिक शिक्षा सुधार सरकारको दायित्व रहेको बताए ।

उनले कुनै पनि बालबालिकालाई शिक्षाको ज्योतिबाट बन्चित नगराउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।

घिमिरेले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । ‘मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ,’उनले भने,’शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।’

घिमिरेले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?