३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

सितगंगामा भालुको आक्रमणबाट २ जना घाइते

अर्घाखाँचीको सितगंगामा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

खेतमा वस्तु भाउ चराउँदै गर्दा गाहा र रानलाई शुक्रबार दिउँसो आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गाहाको दाहिने हात र दाहिने खुट्टा पछाडीको भागमा चोट लागेको छ भने रानाको पछाडीको भागमा टोकेर चोट लागेको स्थानीय कमल लामिछानेले बताए । आक्रमण गर्ने भालु भागे पनि एउटा भालुको बच्चा स्थानीयले नियन्त्रणमा लिएर प्रहरी बुझाएका छन् ।

घाइते दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?