९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

राष्ट्रपति निवासमा आज नवनिर्वाचित सांसदहरूको सम्मानमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छिन्।

दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनेछिन्। उनले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी थिईन्।

राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव तोकिएको छ । तर, राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा विवाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताउँदै आएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?