१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

राष्ट्रिय सहमती अहिलेको आवश्यक्ता: राज्यमन्त्री श्रीपाली

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमती आवश्यक रहेको बताएकी छिन् । स्थायित्व र दिर्घकालीन सरकारका लागी राष्ट्रिय सहमती आजको आवश्यक्ता रहेको उनले बताईन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालीले मुलुकलाई संकटोन्मुख अवस्थाबाट जोगाउन सबै दलबिच मेलमिलाप आवश्यक रहेकाले राष्ट्रिय सहमतीबाटै अँगाडी बढ्ने बताईन् । जनताले चाहेको स्थायित्व, समृद्धी र विकासको सपना टुट्न नदिन पनि राष्ट्रिय सहमतीबाट अँघी बढ्नु पर्ने बताईन् ।

नेकपा माओवादी केन्द्रकी नेता समेत रहेकी मन्त्री श्रीपालीले समग्र राष्ट्रको विकासमा सबैपक्ष एक हुन आवश्यक रहेको बताईन् । उनले राजनैतिक दल, सरोकारवाला पक्ष लगायत सम्बन्धित सबैले हातेमालो गरेर ढृणता पुर्वक विकासमा लाग्नुपर्ने बताईन् । जनताले तिव्र विकास खोजेकाले सबै मिलेर त्यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।

मन्त्री भएपछी पहिलो पटक गृहजिल्ला आएकी श्रीपालीले जिल्लामा निर्माणाधिन अर्घाभगवती विमानस्थलले पुर्णता पाउने प्रतिबद्धता व्यक्त गरिन् । सुपादेउराली मन्दिर लगायत सुचिकृत नभएका पर्यटकीय स्थलहरुलाई सुचिकृत गरेर उत्पादन सँग जोड्ने कुराको गुरुयोजना बनाएर अँघी बढ्ने उनको भनाई छ ।

नेपाल पत्रकार महासंघले श्रीपालीलाई गृहजिल्लामा स्वागत गर्दै मन्त्री भएकोमा सम्मान गरेको थियो । सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार विक, केन्द्रिय बैकल्पिक सदस्य छमकुमारी खनाल (चिनारी), माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र भुसाल, पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष हिम लेकाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत पत्रकारहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?