९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्‍जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको उक्त पार्टीको पहिलो महाधिवेशनले समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।

गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुनस् नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा सुरुवातदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् ।

उनका बुवा दीपकप्रकाश बाँस्कोटा भने कांग्रेसका नेता हुन् । तर उनी अहिले सक्रिय राजनीतिमा छैनन् । उनी कांग्रेसबाटै मन्त्री समेत बनेका थिए ।

महाधिवेशनले पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल सर्वसम्मत चयन भए ।

विवेकशील साझाको केन्द्रीय कार्यसमिति ५१ सदस्यीय रहने व्यवस्था भए पनि त्यसबारे अहिले छलफल भइरहेको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?