९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन  नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची  रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?