९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

लुम्बिनी प्रदेश: अर्घाखाँचीले पायो मन्त्री, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची क्षेत्र नम्बर ‘क’ का प्रदेशसभा सदस्य चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बनेका छन् । २७ पुसमा मन्त्री बनेका आचार्यले खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यसअँघी जलस्रोत व्यवस्था मन्त्रालय पाउने कुरा भएपनि उनले खानेपानी, ग्रामिण तथा शहरी विकासको जिम्मा पाएका हुन् । आचार्य यसअँघी शंकर पोखरेल नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला मन्त्री भएका थिए।

यस्तै जोग बहादुर महरा आर्थिक मामिला मन्त्री, ईन्द्रजित थारु भौतिक पुर्वाधार विकास मन्त्री, विष्णु प्रसाद पन्थी स्वास्थ्य मन्त्री, कृष्ण केसी आर्थिक मामिला, कानुन तथा सहकारी मन्त्री, दुर्गा प्रसाद चौधरी बन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसीराम शर्मा कृषी तथा भुमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयतको शपथ प्रदेश राजधानी दाङमा हुँदैछ । प्रदेश प्रमुख सचिवालयका अनुसार दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ । मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?