१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

विश्व कप लिग–२ क्रिकेट शृङ्खला : नेपाल र नामिबियाको खेल सुरु

विश्व कप लिग–२ को त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल र नामिबियाको खेल सुरु भएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो ।

लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।  २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग, मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?