१९ मंसिर २०८०, मङ्लबार
१९ मंसिर २०८०, मङ्लबार

विकेट लिएपछि भावुक बने सन्दीप लामिछाने

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले दुई विकेट लिएको छ। सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका हुन्। उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै विकेट लिएका हुन्। विकेट लिएपछि लामिछाने भावुक बनेका छन्। सोम्पाल कामीले तेस्रो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सन्दीप करिब ५ महिनापछि नेपाली टोलीमा परेका हुन्।नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले उनको निलम्बन फुकुवा गरेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?