यातायात मजदुर तथा व्यवसायीले आह्वान गरेको बन्दको सम्पूर्ण कार्यक्रमा स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न यातायात मजदुर र व्यवसायी तयार भएका हुन्।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछिसम्पूर्ण आन्दोलन स्थगित भएको मजदुर नेताले बताएका छन्।
आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात आजै सुचारु हुने छ।